Palah Biswas On Unique Identity No1.mpg

Unique Identity No2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

what mujib said

Jyothi Basu Is Dead

Unflinching Left firm on nuke deal

Jyoti Basu's Address on the Lok Sabha Elections 2009

Basu expresses shock over poll debacle

Jyoti Basu: The Pragmatist

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin Babu and basanti Devi were living

"The Day India Burned"--A Documentary On Partition Part-1/9

Partition

Partition of India - refugees displaced by the partition

Tuesday, February 19, 2013

सुब्बाको घोषणा पछि हाल दार्जीलिङ पहाडमा वाक युद्ध संगै राजनैतिक वातावरण तातो बन्दै गईरहेको छ भने तिनको आन्दोलन सम्बन्धि पनि अनेकौं प्रश्नहरु खडाभएको छ।

डी के वाइबा: कालेबुङ १९ फरवरी : ७ अक्टोबर २००७ को दिन दार्जीलिङ पहाडमा गोर्खा जनमुक्ति मोर्चा नयाँ राजनैतिक शक्तिको रुपमा उदय भए पछि ४४ महिना गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलन चर्केको थियो। गोजमुमो पार्टीले ४४ महिना आन्दोलन गरे पछि १८ जुलाइ २०११ को दिन जीटीएमा सम्झौता गरको छ तर, उक्त जीटीए सम्झौता भएको ७ महिना लाग्दा समेत कारयनवय हुन नसक्दा पुन: दार्जीलिङ पहाडमा आन्दोलन सुरु हुने छाँट बन्दै गईरहेको छ। एकातिर मोर्च भित्र नै जीटीए कार्यन्वय नहुँदा आक्रोस बडिरहेको छ भने अर्कोतिर बिगतका जङ्गी नेता छत्र सुब्बाले पनि गोर्खाल्याण्ड आन्दोलन गर्ने केहिदिन अघि सञ्चार माध्यमहरुबाट घोषणा गरेका छन्। सुब्बाको घोषणा पछि हाल दार्जीलिङ पहाडमा वाक युद्ध संगै राजनैतिक वातावरण तातो बन्दै गईरहेको छ भने तिनको आन्दोलन सम्बन्धि पनि अनेकौं प्रश्नहरु खडाभएको छ।
 छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पुन: शुरु गर्छु भनेर सञ्चार माध्यमबाट घोषणा गर्ने छत्र सुब्बले के साँच्चै गोर्खाल्याण्ड आन्दोलन गर्ने नै हुन् ? कतै यो तिनको हूँकार मात्र होईन ? के तिनले आन्दोलन साँच्चै गरे गोर्खाल्याण्ड ल्याउँन सक्ला ? दागोपापको लिखित बिरोध गर्ने छत्र सुब्बाले बिगतका आन्दोलनहरु जस्तै आधाबाटोमा नै चौतारी त खोज्ने होईनन् ? कतै तिनले कुरा गरेको आन्दोलन गोजमुमोको शक्तिलाई पहाडमा कम्जोड बनाउँने सुनियोजित षडयन्त्र त होईन ? यस्ता अनेकौ प्रशन्हरु अहिले दार्जीलिङ पहाडको राजनीतिमा उठ्न शुरु भएको छ । छत्र सुब्बा बिगत अस्सिको दशकमा पहाडमा चलेको हिंसात्मक आन्दोलनकालमा सुवासा घिसिङ पछि दोस्रो चर्चित नाम हुन्। पछि तिनै सुवास घिसिङले २२ अगष्ट १९८८ मा दागोपापमा सम्झौता गरे पछि छत्र सुब्बाले तिनलाई अलबिदा भनेर गोर्खाल्याण्ड आन्दोलन गर्ने ताकमा गोरामुमो छोडेर छुट्टै राजनैतिक दल गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) खोल्न पुगे। सुवास घिसिङलाई चुनौति दिंदै तिनले जीएलओ गठन गरेको भएता पनि जनताको साथ र सहयोगको अभावमा तिनले कुनै प्रभावकारी आन्दोलन गर्न सकेनन्। त्यस पछि तिनी योग साधना तिर लागे राजनैतिक जीवन त्यागेर। दार्जीलिङ पहाडमा हिंसात्मक आन्दोलन गर्ने सुब्बा सामयको आरोह र अवरोहमा योग साधना तिर लगे पनि तिनले राजनैतिक यात्रालई भने अलबिदा जनाएका थिएनन् अनि पछि बाट पुन आन्दोलन गर्ने मुडमा देखा परे जीएलओ पार्टीकै नाममा तिनी। दागोपाप पार्षदहरुलाई राजीनामा दिनु पर्ने माग गर्दै तिनको नाममा पत्रहरु छापामा आउँन थाल्नुको साथै पछिबाट जीएलओबाटै तिनले गोर्खा लिबरेसन आर्मी (जीएलए) खोलेको सार्बजिक भए पछि तिनी एकाएक भूमिगत भए। पछिबाट गोरामुमो प्रमुख सुवास घिसिङ हमलाकाण्डको आरोपमा पक्रा परेर लकभक ११ वर्ष जेल जीवन भोगेर तिनी गत ६ महिना अघिमात्र घरमा आएका छन्। लकभक ११ वर्ष जेल जीवन बिताएर घरमा आएका छत्र सुब्बाले सुरुको दिनहरुमा राजीनितिबाट टाडा रहने बिचार पोख्ने गरेका थिए तर, ६ महिना पुरा हुँदा नहुनँदा तिनै छत्र सुब्बाले पुन गोर्खाल्याण्ड आन्दोलन गर्ने घोषणा गरे पछि अहिले पहाडको राजनीतिमा नयाँ मोड आउँने ब्यापक सम्भावना रहेको छ।
गोर्खाल्याण्ड आन्दोलनका जङ्गी नेताको रुपमा परिचित छत्र सुब्बले "सम्झौता गर्नेहरुले आन्दोलन गर्न सक्दैन" भन्दै घरि घरि यसै कुरालाई दोहोराउँदै सुवास घिसिङले सम्झौता गरेको कारण आन्दोलन गर्न सकेन अनि मोर्चाले पनि समझौता गरेको कारण अबोप्रान्त आन्दोलन गर्न नसकने दाबी गरिरहेका छन। यसै कुराहरुलाई बुझेर छुट्टै राज्यको निम्ति तिनले आन्दोलन गर्न अहिले रणनीतिहरु तयार पारिरहेको कुरा बताईरहेका छन। हाल आन्दोलनको रणनीति बनाउँन ब्यस्त रहेका सुब्बाले आन्दोलन गर्ने त्यतिबेला मात्र कुरा गरे जब तिनलाई मोर्चा प्रमुख बिमल गुरुङले कालेबुङमा आयोजित मोर्चाको कार्यक्रमबाट बिभिन्न आरोपहरु लगाएका थिए। किन मोर्चा प्रमुख गुरुङले बिभिन्न आरोप लगाए पछि मात्र सुब्बाले आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन? भन्ने प्रश्न खुबै टट्कारो बनेको छ। कतै यो पूर्व नियोजित कार्यक्रम नै त होईन ? किन बिमल गुरुङले मौन  बासेका छत्र सुब्बालाई बिभिन्न आरोपहरु लगाउँन उचित ठाने ? यस्ता अनुत्तरित प्रश्नहरु एक पछि अर्को गर्दै अहिले घरि डलेलो सल्के जस्तै पहाडको राजनीतिमा छ्याप छयाप्ति बडीरहेको छ। हाल आन्दोलनको रुपरेखा तयार पारिरहेको बताउँने छत्र सुब्बाले यसपालीको आन्दोलन नितान्त शान्ति प्रिय अनि गणतान्त्रिक हुने समेत तिनले घोषणा गरेका छन्। बिगतका जङ्गी नेताले यसपालीको आन्दोलन शान्ति प्रिय अनि गणतान्त्रिक तरिकाले गर्ने घोषणा गरेको भएता पनि जनताले भने यस कुरालाइ सोझै बिश्वास गरिहाल्न सकेका छेनन्। दागोपापको लिखित बिरोध गरेको कारण तिनको ईमान्दारीपनमा मानिसहरुले बिश्वास गरिरहेका छन तर आन्दोलन साँच्चै शान्ति प्रिय तरिकाले गर्ने कुरामा भने तिनी माथि अनेकौं शंकाको प्रश्नहरु उठेको छ।

No comments:

Post a Comment